
- अर्थ सरोकार सम्बाददाता
नियामक निकाय धितोपत्र बोर्डको पूँजी बजार विकेन्द्रीकरण नीति अनुसार आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज प्रालिले आइतबारदेखि आफ्नो सेवा बुटवलमा बिस्तार गरेको छ । सेयर बजारको पहुँचलाई देशब्यापी बनाउने सरकारको रणनीति अनुसार आफुहरुले बुटवलमा सेवा बिस्तार गरेको संचालक रामचन्द्र भट्टराईले बताए ।
५७ नम्बर ब्रोकरको रुपमा काठमाडौंको अनामनगरबाट सेवा दिदै आइरहेको आर्यतारा इन्भेस्टमेन्टले आफ्नो रिमोट वर्क स्टेशन बुटवलको ट्राफिकचोकमा संचालनमा ल्याएपछी त्यस क्षेत्रमा रहेको पूँजी सेयर बजारमा आउने विश्वास प्रबन्ध निर्देशक गुणानिधि भुसालको छ । बुटवलबाटपनि सेयर कारोबार सुरु भएपछी त्यहाँका लगानीकर्तामा उत्साह छाएको छ ।
आर्यतारा इन्भेस्टमेन्ट बुटवलमा फुल-फेजको सेयर कारोवार सेवा प्रदान गर्ने पहिलो सेयर दलाल भएको छ । त्यस्तै आइतबारनै नेपालगन्ज, नारायणगढ बिराटनगर ,बिर्तामोड र बनेपाबाट पनि विभिन्न सेयर दलाल कम्पनीले सेयर कारोबार सुरु गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्