×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजीपीमा जस्तै राजदूतमा देउवाले गरेको सिफारिस बदर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईजीपीमा जस्तै राजदूतमा देउवाले गरेको सिफारिस बदर

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले युनाइटेट अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाएको छ ।
फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको मंगलबारको बैठकल लामाको नाम राजदूत सिफारिस सूचीबाट फिर्ता लिने र स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायामाझीको नाम संसदीय सुनुवाइ समितिमा नपठाउने निर्णय गरेको हो ।
बैठकले स्पेनमा दूतावास खोल्ने प्रक्रिया तत्काल अघि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको छ ।  लामा काँग्रेस कोटाबाट राजदूत सिफारिस भएकी हुन् । म्यान पावर व्यवसायी लामालाई राजदूत बनाएको भन्दै सरकारको आलोचना भएको थियो ।
  • नागरिक दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: