- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको अभियोगमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।पोखराको लेकसाइडस्थित हिमालयन बैंक र नविल बैंकको एटिएम मेसिनबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार उनीहरुबाट तीन थान ल्यापटप र मोबाइल बरामद गरि अनुसन्धान सुरु भएको छ । यस अघि काठमाडौँका बिभिन्न एटिएम मेसिनबाट बिदेशीले पैसा चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।