×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिडियाको एक गल्तीलाई टेकेर सोझा नेपाली ठग्दैछ, ‘पायोनियर मोटो कर्प’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समय अघि सम्पन्न भएको नाडा अटोशोका समयमा नेपाल समाचार पत्रमा एउटा समाचार छापियो, ‘होसियार, फसिएला नि’ शीर्षकको । कुरा उठाइएको थियो भारतमा प्रतिबन्धित भएको गाडी नेपालमा खुलेआम विक्री भनेर । कुरा सत्य थियो । भारतमा प्रतिबन्धित भएको गाडी नेपालमा खुलेआम विक्री भएर नेपाली जनतालाई ठग्ने काम भइरहेको थियो । तर उक्त मिडियाले गल्ती गर्यो । भोलिपल्ट त्यहि पत्रिकामा उसले ज्याकेट कभरको विज्ञापन छाप्यो त्यहि गाडीको ।
गाडी कम्पनी र विज्ञापन एजेन्सीको यो नियोजित षडयन्त्र पत्रिकाले नबुझ्दा पत्रिका फस्यो । सबैतिर चर्चा भयो, नेपाल समाचारपत्रले विज्ञापनका लागि पीत पत्रकारिता गर्यो भनेर । यो प्रकरण त उक्त गाडीको नेपाल विक्रेतालाई ‘के खोज्छस् कानु, आँखा’ जस्तै भयो । त्यसपछि उक्त गाडी भारतमा प्रतिबन्धित छ भनेर कसैले लेख्ने कोसिस पनि गरेन । यस्तो कोसिस गर्नेलाई समाचारपत्र नै जसरी फसिने डर थियो ।
अहिले उक्त कम्पनीले नेपालका केहि मिडियाहरुमा आफ्नो गाडीको विज्ञापन राखेको छ । स्रोतका अनुसार समाचारपत्रलाई फसाउने योजनामा तीनै मिडिया र विज्ञापन एजेन्सी लागेको थियो । नेपाल समाचार पत्रको त्यहि एउटा गल्तीलाई टेकेर बाँकी सबैतिर सेटिङ मिलाएर ड्याटसुन गो नामक गाडीले सोझा नेपालीहरुलाई ठगीरहेको छ ।
 
भारतमा प्रतिबन्ध, नेपालमा खुलेआम विक्री :

ग्लोवल न्यु कार एसिसमेन्ट प्रोग्राम (एनसीएपी)ले ती कम्पनीका गाडी सुरक्षाको दृष्टीकोणले सडकमा चलाउन नसकिने भनेर प्रमाणित गरेपछि ती गाडी भारतमा प्रतिवन्ध लागेको थियो । ती सबै गाडी भारतबाट फिर्ता भइसकेका छन् । एनसीपएपीका अध्यक्ष म्याक मोर्लीले निसान कम्पनीका अध्यक्ष कार्लोस घोस्नलाई ती गाडीहरु सडकमा गुडाउन योग्य नभएको र निसान कम्पनीबाट उत्पादन भएका गाडीहरुमा यो अपेक्षा नगरिएको ब्येहोराको चिठी पठाएका थिए ।

यसरी भारतमा प्रतिबन्धित भएको गाडी नेपालमा बेच्न ठुलै गिरोह लागि परेको छ । उनीहरुलाई समाचारपत्रले गरेको एक गल्ती लुट्ने कडी भएको छ । ‘मिडियाको बोल्ने ठाउँ रोकियो । समाचारपत्र प्रकरणपछी अधिकांस मिडिया डराए । नडराउने देखिएका केहि मिडियालाई अहिले पनि कम्पनीले पोसीरहेको छ । तर एउटा पत्रिकाको गल्तीले सयौं नेपालीहरु ठगीइरहेका छन् ।’ उक्त गाडी बेच्ने कम्पनीका एक कर्मचारी भन्छन्, ‘कुनै मिडियाकर्मीले यसबारे सोधे उनलाई पनि समाचारपत्रकै जस्तो स्थिति बनाइदिने धम्की दिन्छन् कम्पनीका मालिक । अव त खुलेआम नेपाली ठग्न पाएको छ कम्पनीले ।’

 
कसले गर्दैछ यस्तो ?

ड्याटसुन गो ब्राण्डका गाडीको नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्प हो । उक्त कम्पनीले यो गाडी नेपालमा बिक्रि बितरण गर्दै आएको छ । झन्डै १४ लाख हाराहारी पर्ने यो गाडी भारतमा पूर्ण रुपमा प्रतिबन्धित छ । नेपालमा उक्त गाडी ल्याउन कम्पनीले नेतादेखि अन्य केहि सरकारी निकायमा मोटो रकम घुस खुवाएको स्रोतको दावी छ ।

‘यतिसम्मकि यो गाडी किन्न केहि नेतालाई सहुलियतमा समेत दिइएको छ । नेताले नै चढ्ने गाडी भनेपछी उसले यसलाई मार्केटिङको अर्को कडी बनाएको छ ।’ उक्त कम्पनीमा काम गर्ने एक अर्का कर्मचारीले भने । उनका अनुसार अहिले यो गाडी भारतमा प्रतिबन्धित हो भन्ने गांइगुंइनै हराएको छ । त्यहि भएर सोझा नेपालीलाई गाडीले खुलेआम ठगीरहेको छ । तर यसबारे न कसैले बोल्न आँट गरिरहेका छन्, न बोल्न नै चाहिरहेका छन् । ‘

के भन्छ कम्पनी ?
यस विषयमा बुझ्न हामीले कम्पनीका निर्देशक गौरव सारडासंग पटक-पटक फोन सम्पर्क गर्दापनि उनी सम्पर्कमा आउन चाहेनन । कम्पनीले नेपालमा बिक्रि बितरण गर्दै आएका ती गाडीहरु सानो ठक्करबाटपनि कच्याक कुचुक हुने खालको भएको कारण ती सवारीमा चढ्ने पेसेन्जरको जीवननै धरापमा हुने एनसीएपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: