×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङ्गको मनेवापाटामा भिषण पहिरो, नदी नै थुनियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाग्लुङ्गको मनेवापाटामा भिषण पहिरो, नदी नै थुनियो

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको भिषण सुख्खा पहिरोले जनजीवन त्रस्त बनाएको छ । पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुको साथै दरम खोलालाइ थुनेको छ । माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो ।
करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । पानी बग्न शुरु गरेपछि भने स्थानीयहरुले केही मात्रामा भएपनि राहात महसुश गरेका छन । खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्ह गरेको छ ।
प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजो बाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेको समयमा उक्त भिषण पहिरो गएको थियो । पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ ।
पहिरोको कारण मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा ठप्प भएको छ । एक्कासी गएको पहिरोले सडक केही दिन सम्म सञ्चालनमा आउने सक्ने स्थिती नभएको प्रनानी बानियाको भनाइ रहेको छ । उहाँका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएको कारण ठुला उपकरणहरु आबश्यउक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्ने छ ।
सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन । यातायातको लागि वामीटक्सार–काँडेबास–हटिया सडक खण्डलाइ बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी