
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बागमती सफाइ अभियानको २ सय हप्ता पुगेको अवसरमा आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सहित प्रशासनिक निकायका पदाधिकारी, विद्यार्थी, कलाकार, सुरक्षाकर्मी एवं सर्वसाधारणले वागमती किनारमा भेला भएर ऐक्यवद्धता जनाएका छन् ।
शंखमुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहति मन्त्री, मुख्य सचिव लगायत उच्च सरकारी अधिकारीहरु सहभागीता जनाएका थिए ।
हास्यकलाकार धुर्मुस, सुन्तली, जितु नेपाल लगायतका कलाकारहरु पनि ब्यानरसहित अभियानमा सहभागी भएका थिए। वागमती सफाइ अभियन्ता तथा चीनका लागि नेपाली राजदूत तथा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल पनि वागमती सफाइ अभियानमा सहभागी भएका थिए ।
शनिबार बिहानैदेखि पानी परेका कारण अभियानमा केही कठिनाइ उत्पन्न भए पनि पानीको परबाह नगरी विभिन्न विद्यालयका बालबालिका एवं युवाहरु वागमती किनारमा भेला भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्