काठमाडौं – सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् ।
आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको फैसला माफी मिनाहा गर्न दबाब दिएको खबर आजको राजधानीमा छ ।
अदालत पीडित संघको नेतृत्वमा बालुवाटार पुगेर ढुंगेलले प्रधानमन्त्री दाहाल तथा नेताहरु डा. भट्टराई र बैद्यलाई भेट गरेका हुन् ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका फरार ढुंगेलसहित बालुवाटार पुगेको टोलीले तत्कालिन माओवादीले सञ्चालन गरेको १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा भएको मानवधिकार उल्लंघनका घटनाहरुमा अदालतले दिएको सजाय माफी सिफरिस गर्न माग गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्