Skip to content

चार करोडको लगानीमा बालमैत्री पुजा फर्न पार्क सञ्चालनमा

Dish Home

अर्थ सरोकार

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ  – बालबालिकालाई पुर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक बालमैत्री वातवरण भएको पुजा फन पार्क  भरतपुर स्थित सृजनाचोकमा आएको छ । एक बिगाह क्षेत्रफमा फैलिएको पार्क भित्र करिब चार करोड भन्दा बढीको लगानीमा चितवनमा नै पहिलो पटक संचालनमा आएको सञ्चालक कृष्ण देवकोटाले बताए ।

 उनका अनुसार सुबिधाजन्य यी पार्कमा अत्याधुनिक सेप्रेट पुरुष र महिलाको लागी छुट्टा छुट्टै स्विमिङ पुल तथा बेबी स्विमिङ पुल रहेको छ । हरेक स्विमिङ पुलमा १ सय ५० भन्दा बढी जनाले एकै चोटी स्विमिङ  खेल्न सक्ने क्षमता छ । शान्त वातावरण बस्न रुचाउने भएकोले र टाढा जान समय नहुने हुदां मानिहरुको आवश्यकता लाई ध्यानमा राखी पार्कको निमार्ण गरिएकोले पार्कमा बालबालिका मात्रै नभएर सबै उमेर समुहले पनि मनोरञ्जन लिन सकिने सञ्चालक देवकोटाले बताए ।

पार्कको मुख्य आर्कषणमा विभिन्न वन्यजन्तु तथा चराहरुको चिडियाखाना मा रमाउन सकिने छ । त्यस्तै , पार्कमा वाटर फाउन्टेन ९पानी फोहरा०, ढुंगे धारा कैलाश पर्वत, माछा पोखरी तथा रुख मुनि बनाईएका कटेजहरु रहेका छन । पुजा फन पार्क ले अझ थप सेवा तथा सुविधा उपलब्ध गराउन आफ्नो क्षेत्रफललाई बृद्धि समेत गर्ने संचालक देवकोटाले बिश्वास व्यक्त गरे ।

पार्कमा घुम्न तथा मनोरञ्जन लिन आउने ग्राहकलाई शान्त तथा रमणीय वातावरण को अनुभुति मिल्ने विश्वास लिएका छौ–देवकोटा ले भने । बिस्तारै बिस्तारै हामीले विभिन्न प्याकेजहरु पनि ल्याउने छौ । जसले गर्दा सर्वसुलभ मुल्यमा पार्कमा मनोरञ्जन लिन सकियोस् । पार्कले चितवनको पर्यटनलाई थप टेवा मिल्ले उनको भनाई छ ।

अहिले पनि चितवन बाट अन्य जिल्ला घुम्न जानेको संख्या ठुलो छ यस्तो प्रकारको पार्क संचालनमा आए सगै अन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने हामीले विश्वास लिएका छौ । त्यस्तै, फन पार्कको आम्दानीबाट उठेको रकमको ५ प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने सञ्चालक देवकोटाले घोषणा गरे । यता, पार्क निमार्ण भए सगै १ दर्जन बढी स्थानीयले रोजगारी समेत पाएका छन् ।

यस्तै , निर्माण सुरु भएको झण्डै २ बर्ष पछि सञ्चालनमा आएको फन पार्कको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौत्तमले उद्धघाटन गरेका थिए । उद्धघाटन गर्दै संघका अध्यक्ष गौतमले बढदो शहरीकरणले मनोरञ्जन पार्क अभाव भएको भन्दै फन पार्कले सबैलाई समेट्ने विश्वास ब्यक्त गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्