
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सफल बनाउन जुलुससहित सडकमा निस्किएका जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीसहित ११ जना रत्नपार्कबाट पक्राउ परेका छन् ।
पिके क्याम्पस बागबजारबाट आउदै गरेको जुलुसमा सहभागि उनीहरुलाई रत्नपार्कबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जनगणतान्त्रिक सम्पर्क मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी, मन्चका केन्द्रिय उपाध्यक्ष उद्धव पौडेल , महासचिव हिरा पहाडी , सचिव पूर्ण श्रेष्ठ , अर्जुन कटुवाल , सदस्य तीलबहादुर बुढाथोकी , काभ्रे काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव नकुल चौलागाई , सर्लाहि काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष पदम मगर , झनक श्रेष्ठ, ओखखलढुगा काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव हरि श्रेष्ठ ,रामेछाप काठमाडौ जनगणतन्त्रीक सम्पर्क मन्चका सचिव रुपक श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्