×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा फाइनान्सलाई खरिद गर्दै सेञ्चुरी कमर्सियल बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सगरमाथा फाइनान्सलाई खरिद गर्दै सेञ्चुरी कमर्सियल बैंक

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । सगरमाथा लाई सेञ्चुरीले एक्वायर गर्ने सम्बन्धमा यी दुई संस्थाका अध्यक्षले विहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 
हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । यस बैंकले अरनिको डेभलपमेण्ट र इन्नोभेटिभ डेभलपमेण्ट बैंकलाई खरिद गर्दैछ । सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि अरनिको र इन्नोभेटिभलाई सेञ्चुरीले किन्नेछ । अरनिको डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २९ करोड रुपैयाँ र इन्नोभेटिभ डेभलपमेण्टको २५ करोड ७८ लाख रुपैयाँ छ । यी दुवै विकास बैकलाई गाभेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ । 
अबको चार महिनामा थप तीन अर्ब पुँजी आवश्यक रहेको बैंकले सगरमाथा फाइनान्ससँग एक्विजिसन सम्झौता गरेको हो । हकप्रद सेयर र गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर गरेर सगरमाथा फाइनान्सले ७८ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । त्यसपछि फाइनान्सलाई सेञ्चुरीले किन्नेछ । जसपश्चात् सेञ्चुरीको चुक्तापुँजी झन्डै छ अर्ब रुपैयाँ पुग्नेछ । बाँकी पुँजी हकप्रद सेयर तथा चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने योजना बैंकको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी