×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर उपमहानगरमा कार्यकारी अधिकृतको मनोमानी, एकलौटी तरिकाले कर्मचारी बढुवा गर्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भरतपुर उपमहानगरमा कार्यकारी अधिकृतको मनोमानी, एकलौटी तरिकाले कर्मचारी बढुवा गर्दै

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – चितवनको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले आफुखुसी कामकारबाही गर्न थालेपछि यतिबेला उनको सवत्र आलोचना हुन थालेको छ । उपमहानगरपालिकाको पदपूर्ती समितिको माघ १ गते संयुक्त रूपमा बसेको बैठकले ७५ प्रतिशत खुल्ला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाद्धारा अधिकृत कर्मचारी भर्ना तथा बढुवा गर्ने निर्णय गरेको थियो तर, त्यसलाई लत्याउन माहिर अधिकृत बरालले खुल्ला बिज्ञापन प्रकाशन नै  नगरी आन्तरिक विज्ञापन मात्रै प्रकाशन गर्ने गरेका हुन् ।

 पदपूर्ती समितिले निर्णय गरेको ६ जना खुल्ला प्रतिस्पर्धा द्धारा अधिकृत छैठौं स्तरको माग गर्ने भनिए पनि कार्यकारी अधिकृत बरालले लेखा अधिकृत छैठौं र प्रशासकिय अधिकृत छैठौं स्तरको कर्मचारी आन्तरिक प्रतिस्पर्धाद्धारा बढुवा गर्ने भन्दै गत माघ ५ गते सूचना प्रकाशन गरेका थिए । 
छैठौं तहको प्रशासकिय अधिकृतको पदमा हाल कायारर्त मधुराम दुवाडी लाई अन्यत्रै पठाउने तयारी गरी कार्यकारी अधिकृत बरालले बिज्ञापन निकालेको हुन सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार उपमहानगरपालिकामा रहेका लेखापाल सिता अधिकारी, नासु सुरज पौडेल, नासु रोजी केसी र नासु जानुका केसी मध्ये एकलाई प्रशासकिय अधिकृत बनाउने तयारी बरालले गरिरहेको बताए । यस्तै खाली रहेको लेखा अधिकृत छैंटो तहमा लेखापाल सिता अधिकारी लाई बढुवा गर्ने तयारी उनले गरेको छ ।
 पदपूर्ति समितिका संयोजक भवानी पराजुलीले सैद्धान्तिक रुपमा खुल्ला र आन्तरिक पदपूर्तिको विज्ञापन एकैपटक प्रकाशन गर्ने गरी पदपूर्ति समितिले निर्णय गरेमा कार्यकारी अधिकृतले आन्तरिकको मात्रै बिज्ञापन प्रकाशन गरेको जानकारी आएको बताए । माघ १ गते शनिबार सार्वजनिक बिदाको दिनमा पदपूर्ति समितिको बैठकले गरेको निर्णय का विषयमा शुक्रबार पनि पदपूर्ति समितिको बैठक बसेको छ ।
उपमहानगरपालिका कार्यकारी अधिकृत महेश बरालले खुल्ला विज्ञापनलाई पछि प्रकाशन गर्ने गरी हाललाई आन्तरिक मात्रै विज्ञापन प्रकाशन गरेको बताए । उनले खुल्ला र आन्तरिक सँगसँगै निकाल्नु पर्दछ भन्ने नरहेको दावी गरेका छन् । उपमहानगरपालिकाको गत आ।ब भन्दा अघिल्लो आर्थिक वर्षको नगरपरिषदको निर्णय नः ११४ मा उपमहानगर पालिकाको रिक्त लेखा अधिकृत पद संख्या एकमा खुल्ला विज्ञापनद्धारा पदपूर्ति गर्ने निर्णय गरिएको छ । 
परिषदको निर्णयमा खुल्ला विज्ञापनद्धारा निर्णय गर्ने उल्लेख भएपनि कार्यकारी अधिकृतले त्यस लाई आन्तरिक प्रतिस्पर्धाद्धारा भनेर विज्ञापन प्रकाशन गरेका हुन् । ४ सदस्यीय पदपूर्ति समितिमा लोकसेवा आयोगका तर्फबाट प्रतिनिधी रहेका केशवराज त्रिपाठीले कार्यकारी अधिकृतले खुल्ला र आन्तरिक गरी एकैपटक विज्ञापन प्रकाशन गर्नुपर्नेमा आन्तरिक बढुवाको मात्रै सूचना प्रकाशन गर्न नियमसंगत ढंगबाट नपाउने बताए । उनले समितिको निर्णय कार्यकारी अधिकृतले मान्नुपर्ने आशय ब्यक्त गरे यता, उनले एकल बोर्डको निर्णय गरेको भन्दै आफुखुशी बदनियतपूर्ण ढंगले विज्ञापन प्रकाशन गर्ने गरेको उपमहानगरपालिका कर्मचारीहरुले आरोप लगाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: