
काठमाडौं – नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रमस्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ । श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले हालसम्म करिब १४ हजार विदेशी कामदारलाई श्रम स्वीकृत दिएको पाइएको छ ।
सो शाखाका अनुसार सबैभन्दा बढी श्रम स्वीकृति लिने विदेशी कामदारमा चिनियाँ नागरिक धेरै छन्। करिब पाँच हजार चिनियाँ नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
‘नेपालमा धेरै चिनियाँले श्रम स्वीकृति लिएर काम गरिरहेका छन्’, श्रम विभागका निमित्त महानिर्देशक बरुणकुमार झाले भने, ‘नेपालका जलबिद्युत आयोजनामा चिनियाँ कामदार बढी छन्। आयोजनाहरुमा उनीहरुको टेण्डर परेको हुन्छ त्यसकारणले गर्दा पनि उनीहरुका कामदार नेपालमा बढी हुन्छन् ।’
तामाकोशी, त्रिशूली, मादी, मस्याङदी, मेलम्ची आयोजनामा चिनियाँ कामदार काम गर्छन्। नेपालमा चिनियाँ लगानीमा आएको बृद्धिसँगै कामदारको संख्या पनि बढिरहेको छ। विभागका अनुसार तारे होटल, बैंक र ठूला कम्पनीमा भारतका करिब दुई सय जनाले श्रम स्वीकृति लिएर काम गरिरहेका छन्।
श्रम स्वीकृति दिनका लागि श्रम विभागले सोमबार र शुक्रबार उनीसँग अन्तर्वार्ता लिने गर्छ । विभागका एक अधिकारीका अनुसार निमित्त महानिर्देशक झाले भारतीय र चिनियालाई श्रम स्वीकृति दिँदा विभेद गर्ने गरेका छन्। ‘भारतीयलाई नजिक र चिनियाँलाई टाढाको व्यवहार देखाउने गर्नुहुन्छ’ झा प्रति लक्षित गर्दै ती अधिकारीले भने। झाले भने आफूबाट त्यस्तो विभेद नरहेको दाबी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्