×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसएसबीको गोलीले मारिएका गौतमलाई सहिद घोषणा

LAXMI SUNRISE BANK

एसएसबीको गोलीले मारिएका गौतमलाई सहिद घोषणा

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – सरकारले भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका कञ्चनपुरका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ । घटनाबारे जानकारी दिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा गर्ने निर्णय सरकारले गरिसकेको जानकारी गराएका हुन् । त्यस्तै गौतमको परिवारलाई १० लाख रुपैयाँ राहत दिने र दाहसंस्कार पनि सम्मानपूर्वक गर्ने गृह मन्त्री निधिले जानकारी गराएका छन् ।
गौतमको सन्ततिको पठन पाठन पनि निशुल्क गर्ने सरकारले व्यवस्था गरेको छ । गृह मन्त्री निधिले नेपालको सीमा अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपालको सार्वभौमिकता अखण्डता र सीमामाथि कतैबाट अतिक्रमण र आँच हामीलाई स्वीकार्य हुँदैनु उनले भने नेपाली जनता पूर्ण सचेत छन् । दुबै देशको विवादलाई कुटनीतिक तबरमा निदान गर्न सरकार अग्रसर भइसकेको छ ।
गृहमन्त्री निधिका अनुसार भारतले उक्त घटना आकस्मिक रुपमा भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोबलले फोन गरेर दुख ब्यक्त गरेका छन् । यो घटना अन्फर्चुनेट भएको हो । यसको छानबिन गर्ने भनेका छन् । गृह मन्त्रीले भने पोस्टमार्टम र फोरेन्सिक रिपोर्ट सेयर गर्न भनेका छन् ।  घटनाका विषयमा आफू र परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले भारतीय विदेश मन्त्रीसँग कुरा गरी घटनाको छानबिन गर्न र परिस्थिति सामान्य बनाउन आग्रह गरेको पनि उनले संसदलाई जानकारी गराएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी