×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मधेशका नाममा राजनीतिक पसल थापिरहेकाहरुले व्यवसाय संकटमा पर्ने देखेर अवरोध खडा गरे’ (अडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा एमालेका प्रचार विभाग सचिव समेत रहेका पत्रकार विष्णु रिजालले मधेशका नाममा राजनीतिक पसल थापिरहेकाहरुले आफ्नो व्यवसाय संकटमा पर्ने देखेर आफुहरुलाई अवरोध गरेको बताएका छन् ।  रेडियो बाजुराको कार्यक्रम ‘साझा सरोकार’ सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 
मधेशमा रहेका जनताहरुको ठुलो साथ र समर्थनका कारण नेकपा एमालेले आयोजना गरेको मेची-महाकाली अभियान सफल भएको बताउँदै उनले पार्टीको कार्यक्रमलाई मधेशका जनताले समर्थन गरेको बताए । ‘हामीलाई घर घरमा घडा लिएर स्वागत गरियो ।’ अन्तर्वार्ताका क्रममा रिजालले भनेका छन्, ‘बाटो बाटोमा निस्केर जसरी जनताले एमालेको कार्यक्रमलाई साथ दिए, यसले हामी प्रतिको विश्वास दर्शाएको छ । हामीलाई अझ जिम्मेवारबोध बनाएको छ ।
अन्तर्वार्ताका क्रममा उनले केहि मिडियाले नेकपा एमालेले शक्ति प्रदर्शन गरेको भन्ने समाचार बाहिर ल्याए पनि मेची-महाकाली अभियान एमालेको शक्ति प्रदर्शन नभएको स्पष्ट पारेका छन् । ‘हामीले ठुलो सभामा जोड दिएका थिएनौं । जो जहाँ छ त्यहींबाट हाम्रो अभियानमा जोडिनु भनेका थियौं । यो जनताको क्याराभ्यान थियो। जनतालाई जागृत बनाउन हामी पूर्ण रुपमा सफल भएका छौं । सबैले हाम्रो कार्यक्रमलाई आफ्नो कार्यक्रमका रुपमा लिएका छन् ।’ रिजालले भने । ‘गोली लागेर मृत्यु भएकाहरुका पनि दोष छैन । उनीहरुलाई उचालिएको छ ।’ रिजालले अगाडी भने, ‘प्रहरीमाथि जाइलागेपछि प्रहरी चुप बस्ने कुरा भएन । प्रहरीको बन्दुक देखाउन मात्र होइन। ‘

उनले अभियानका क्रममा आफुले भोगेका आफ्ना अनुभवपनि सुनाएका छन् । उनले एमालेको अभियानका बारेमा थप थुप्रै कुरा गरेका छन् । सुनौं पत्रकार रिजालसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: