Skip to content

प्रचण्डको सल्लाहकारलाई मरणासन्न हुने गरी कुटपिट, विप्लव माओवादीद्धारा उद्धार

Dish Home

अर्थ सरोकार

प्रधानमन्त्री प्रचण्डका साथी तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य अर्जुनबहादुर भण्डारीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भेटिएको छ ।
भण्डारी तत्कालिन नेकपा चौम, मोटो मशाल हुँदै माओवादी आन्दोलनमा सहभागी भएका कम्युनिष्ट नेता हुन । उनलाई रसुवा नुवाकोट जिल्लामा माओवादीका संस्थापकका रुपमा समेत चिनिन्छ ।
कुनै समय उनी ‘प्रचण्ड’ का निकट मित्र थिए ।प्रचण्ड मोटो मशालको महामन्त्री भएको समयमा ०४४ सालमा भण्डारीकै घरमा गएर बसेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त सानेपाले ललितपुर एकान्तकुनास्थित डेरा नजिकैबाट पक्राउ गरेर मरणासन्न हुने गरी कुटपिट गरेको हो ।
नुवाकोटको विदुर नगरपालिका आँगापुटारका स्थायी बासिन्दा भण्डारी गत बर्षको भूकम्पछि ललितपुरको एकान्त कुनामा श्रीमती सहित डेरामा जिन्दगी बतिाँउदै आएका थिए । २०५४ सालदेखि नियमित रुपमा मानसिक रोगको औषधि सेवन गर्दै आएका उनी बस्ने डेरा नजिकै एउटा ब्युटी पार्लर सञ्चालित छ । भण्डारीका अनुसार उनकी श्रीमतीले पार्लर सञ्चालकलाई पार्लरमा रक्सी र चुरोट नबेच्न सुझाव दिइछन् । तर,ति पार्लर सञ्चालिकालाई सुझाव पचेन ।
भनाभन मात्र भएन पार्लर सञ्चालिकाले फोन गरेर प्रहरी बोलाइन् । आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीका अगाडि कराइन् । प्रहरीले गाडीमा राखेर लगे । आफू मानसिक बिरामी भएको र औषधि सेवन गरिरहेको भनेर औषधि समेत देखाएँ । चौकीमा लागेपछि उल्टो कुटपिट गरे । टाउकामा प्रहार गरे । लगाएको कपडा च्यातिदिए । पछि माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, पोष्टबादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल लगायतले थाहा पाए र प्रहरीलाई भनेर उनीहरुले छुटाउन लगाए ।
प्रहरीको ज्यादती अझै रोकिएन चौकीको गेटबाट गलहत्याएर बाहिर पठाइदिए । पछि विप्लव नेतृत्वको पार्टीका काठमाण्डु जिल्ला सदस्य वसन्त भुटेवाल र राष्ट्रिय युवा जनस्वयंसेवकका कार्यालय सचिव रजमान तामाङले भण्डारीलाई उद्धार गरे ।
  •  एस काठमाडौं 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्