×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भागबण्डा नमिलेपछि गृह र अर्थमन्त्रीबीच चार अर्बले लफडा

LAXMI SUNRISE BANK

भागबण्डा नमिलेपछि गृह र अर्थमन्त्रीबीच चार अर्बले लफडा

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बरियताक्रममा विवाद निकालेर गृहमन्त्री निधि र अर्काे उपप्रधानमन्त्री कमल थापाबीचको विवाद सेलाउन नपाउदै गृहमन्त्री निधिको अर्काे लफडा सतहमा आएको छ । चुवावको नाम गरेर गृहमन्त्री विमलेन्द्र निधिले चार अर्व रुपैंया खाने ठाडो प्रस्तावलाई अर्थमन्त्री कृष्णबहादुर महराले रोकिदिए पछि दुई मन्त्रीबीच पानी बाराबारको स्थिती पैदा भएको छ ।
भुकम्प पीडित जनताले पुस माघको ठिही समेत टहरामा बिताँउदा तिनै जनताका नाममा राजनीति गरेका गृहमन्त्री निधिले चुनावको नाममा करोडौं रकम कुम्ल्याउने प्रयासमा अर्थमन्त्री निधिले अंकुश लगाइदिएका हुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न ४ अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ पठाएकामा अनावश्यक भन्दै अस्वीकार गरेपछि गृहमन्त्री निधि तनाबमा छन ।
वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिले चुनौतीपूर्ण रहेको भन्दै गृहले दुई साताअघि ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र करिब एक हजार ५ सय नयाँ सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।
निर्वाचनका लागि ३१ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको गृहले सवारीसाधन किन्न मात्रै ४ अर्ब प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले स्थानीय निर्वाचनका लागि त्यत्ति धेरै संख्यामा म्यादी प्रहरी र सवारीसाधन आवश्यक नपर्ने भन्दै बजेट दिन नसक्ने जानकारी दिएपछि गृहले खरिद प्रस्ताव ठाडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।
अर्थका एक उच्च अधिकारीका अनुसार निर्वाचनका लागि ५० हजार म्यादी प्रहरी भर्ना गरे पर्याप्त हुने र अति आवश्यक भए २–४ वटा मात्र सवारीसाधन किन्न सकिने जानकारी दिइसकिएको छ ।
अर्थका एक उच्च अधिकारीले कमिसनको खेलका कारण मन्त्रिपरिषद् लगेरै भए पनि गाडी खरिद गर्न गृहका केही अधिकारी लागिपरेकोे जानकारी दिए । ४ अर्ब रुपैयाँका गाडी खरिदमा कम्तीमा ५० करोड रुपैयाँ कमिसनको खेल रचिने उनले बताए । ’एक प्रतिशत मात्र कमिसन आए पनि ४ करोड हुन्छ’, ती अधिकारीले भने, ’आफूले भनेको मूल्यमा र धेरै संख्यामा एकैपटक गाडी बेच्न पाए जुनसुकै कम्पनीले १०–१५ प्रतिशत कमिसन सजिलै दिन्छन् ।’
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी