- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँमा मध्यान्हदेखि हावा हुरी सुरु भएको छ । काठमाडौँका सडकहरुमा हावा हुरीसँगै उडेको धूलोले स्वास्थ्यमा असर गर्ने देखिएको छ । अहिले घरी घरी विभिन्न ठाउँमा हावा हुरी लागिरहेको छ भने सडकहरु धुलाम्य भएका छन् ।
यता डाक्टरहरुले भने यस्तो समयमा मास्क लगाएरमात्र हिड्न आग्रह गरेका छन् । धुलोले स्वास्थ्यमा प्रतिकुल असर गर्ने हुँदा मास्कको प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका हुन् ।