×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेताको सहकारीमा सञ्चालक नै ठगिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले नेताको सहकारीमा सञ्चालक नै ठगिए

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एमाले नेताको सहकारीमा सञ्चालकनै ठगिएको खबर छ । ज्ञानोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारीबाट उक्त सहकारीका कोषाध्यक्ष गोबिन्द पौड्यालनै ठगीएका हुन् । एमाले नेता छविलाल विश्वकर्माले कृषि तथा सहकारीमन्त्री भएपछि २०६६ सालमा दर्ता गरेको दर्ता नम्बर २९७३ रहेको उक्त सहकारीमा उनले विभिन्न एमाले कार्यकर्तालाई पदाधिकारी र सञ्चालक बनाएका थिए ।
अचम्म लाग्दो कुरा त के हो भने उक्त सहकारीका कोषाध्यक्ष नै ठगिएका छन् । सहकारीमा कोषाध्यक्ष पौड्यालले दैनिक २० हजार बचत जम्मा गर्दै आएका थिए । स्रोतका अनुसार पछिल्लो सञ्चालक समितिका अध्यक्ष विष्णु आचार्य र सदस्य टोपलाल अधिकारीको मनपरीले सहकारीको भएजतिको रकम जग्गामा लगानी भएको छ । र उक्त रकम अहिले फसेको छ । 
यता अध्यक्ष आचार्य, सदस्य अधिकारी र अन्य सदस्यको मिलेमतोमा पौड्यालको खाता नै बन्द गरिएको छ ।
पौड्यालले सञ्चालक समितिको बैठक राख्न बोलाए पनि अध्यक्षले अटेर गरिरहेका छन् । पौड्यालका दुईवटा खातामै जम्मा ३१ लाख रुपैयाँ बचत जम्मा भएको छ भने १० लाख रुपैयाँको उनको अलग्गै सेयर भएको बताइएको छ  । यसबारेमा विश्वकर्मालाई सम्पर्क गर्न  खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी