
- प्रनिश थापा / अर्थ सरोकार डटकम
पोखरामा वर्डफ्लु भेटिए संगै चितवनमा समेत अहिलेदेखि नै यस्को सतर्कता अपनाइएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा।डिल्लीराम सेढाईका अनुसार जिल्ला भरका विभिन्न ठाउँका गरि एक साता भित्रमा एक सय ६० वटा नमुना संकलनगरि परीक्षणका लागि राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाएको जानकारी दिएको छ ।
यसबारे रिपोर्ट आए मात्रै चितवन वर्डफ्लुको जोखिममा परे नपरे यकिन हुने प्रमुख डा।सेढाईले जानकारी दिनुभयो । उहाँले बाहिर बजारमा आएको हल्लाको पछाडी नलाग्न आह्वान गर्दै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सेवा केन्द्र मार्फत फर्म निरीक्षण, रोगको खोजतलासका लागि रुट बनाएर टोली परिचालन गरिएको समेत बताए । अहिलेसम्म जिल्लामा त्यस्तो कुनै कारणले एकै पटक, एकै ठाउँमा कुखुरा नमरेको दावी गर्दै सजग रहन भने सबैमा आग्रह गरेको उल्लेख गरे ।
पोखरामा केहीसाता यता विभिन्न ठाउँहरुमा वर्डफ्लु देखिदै गएपछि यसतर्फ सबैको ध्यान केन्द्रीत भएको थियो । चितवनमा एक समय वर्डफ्लुका कारण थुप्रै कुखुराहरु मरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्