
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सिन्धुली बर्दिबास भत्किएको सडक खण्ड जापान सरकारले निर्माण गर्ने भएको छ । सिन्धुलीको सितलपाटी गाविस खाल्टेमा सुख्खा पहिरोले करिब डेढ सय मिटर सडक सुनकोशी नदीमा खसेको थियो ।
सडक विभागका प्रवक्ता दयाकान्त झाले सडक पुर्ननिर्माण जापानले गर्ने प्रतिवद्धता जनाएको बताउँदै जापानी टोली केही दिनमा नेपाल आउने जानकारी दिए।तत्कालका लागि भासिएको सडकखण्डलार्इ डाइभर्सन गरेर सवारी आवागमन सहज बनाएको सडक विभागका प्रवक्ता दयाकान्त झाले बताए ।
यो राजमार्ग उद्घाटन हुँदा विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । उनले उद्घाटनका बेला राजमार्गलार्इ दिगो बनाउन ठूला सवारी साधन सञ्चालन नहुने बताउँदै साना गाडी सञ्चालन गरे राजमार्गलार्इ लामो समय टिकाउन सकिने बताएका थिए।
राजमार्गमा प्राविधिक टोलीले कुन र कति क्षमताको गाडी चलाउन सकिन्छ भनेर अध्ययन गरेको थियो । त्यहाँको बाटोको अवस्था भू(बनोट,बाटोको क्षमता लगायत सडक सुरक्षाको अध्ययन गरी ठूला खालका सवारी सञ्चालन गर्न नदिन मन्त्रालयलार्इ सुझाव दिएको थियो । तोकिएको भार र प्राविधिक टोलीले दिएको सुझाब कार्यान्वयन नगर्दा सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ।
अनुगमन टोलीका अनुसार दिनमा यो राजमार्गमा एक हजारभन्दा बढी ठूला मालबाहक ट्रकहरु गुड्ने गर्छन् । यो सडकको क्षमताभन्दा बढी हो । यो राजमार्गमा २० भन्दाबढी कम्पनीका सवारी साधनहरु गुड्ने गरेको र अरु निजी सवारी साधनबाट जाने यात्रुको रोजाइमा पनि परेकोले सबैभन्दा बढी गाडी गुडेकोले समस्या भएको हो।
राजमार्गमा कुन ठाँउ जोखिमपुर्ण रु
गत वर्ष आएको भूकम्पका कारण राजमार्गका धेरै स्थानमा क्षति पुगेको छ। अहिले सिन्धुलीको चियाबारी,खुर्कोट देखी नेपालथोकका विभिन्न ठाँउ जोखिममा रहेको विपी राजमार्ग निर्माण आयोजनाका प्रमुख भरतकाजी देउजुले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्