- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ ।
यसैबीच मधेशी मोर्चाले फाल्गुन २४ र २५ गते मधेश बन्दको घोषणा गरेको छ ।