Skip to content

चमेलिया जलविद्युत आयोजनाको सुरुङको काम सम्पन्न

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – दार्चुलाकोस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न  शिखर गाविभएको छ । प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम शनिवार पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बताए  ।
नेपाली इञ्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इञ्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको बताए । यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको जानकारी पनि उहाँले दिएका हुन् । 
आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४ सयभन्दा बढी टावर पनि खडा भइसकेका छन्  । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्