
काठमाडौं – चिनियाँ रक्षामन्त्री चाङ वानछुवान नेपाल भ्रमणमा बिहीबार आइपुग्दैछन् । चिनियाँ रक्षामन्त्रीको तीनदिने भ्रमणमा राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
‘चीनले राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सवारीसाधनलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘प्राविधिक सहयोग निरन्तरताका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।’ रक्षामन्त्री खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री सद्भावना भ्रमणमा नेपाल आउन लागेका हुन् । ‘चीन र नेपालबीच रक्षा सहकार्यबारे भ्रमणमा कुराकानी हुनेछ’, उनले भने ।
चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग वृद्धिसम्बन्धी अर्को समझदारी पत्रमा पनि हस्ताक्षर हुनसक्ने वरिष्ठ सरकारी अधिकारीले बताए । चीनले अघि बढाएको ‘वन बेल्ट वन रोड’ अवधारणामा नेपालको सहभागिताबारे पनि भ्रमणमा कुराकानी हुनेछ । चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्वसन्ध्यामा चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन् । उनी यहाँबाट बंगलादेश भ्रमणमा जाने छन् ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसँग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिइनसकेको बताए। चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, रक्षामन्त्री खाँण र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट्ने छन् । चिनियाँ रक्षामन्त्री चाङ हाल श्रीलंका भ्रमणमा छन्। हाल श्रीलंका भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री नेपाल हुंदै स्वदेश फर्किनेछन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्