×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : सिभिल बैंकमा ‘नक्कली लालपूर्जा’ काण्ड ! सीइओकै यस्तो बदमासी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फलोअप : सिभिल बैंकमा ‘नक्कली लालपूर्जा’ काण्ड ! सीइओकै यस्तो बदमासी !

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिभिल बैंकमा भएको नक्कली लालपूर्जा बनाउने किर्ते धन्दा र त्यसमा सीइओले लाखौँ रुपैयाँ घुस खाएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । ऋणीको उठीबास लगाएर पैसा र पावरका भरमा सीभिल बैंकले देखाएको दादागिरीको ढाकछोप गर्न बैंकले यसबारे थाहा भएकालाई जनही १ लाख रुपैयाँ बाँडेर घटना थामथुम पार्ने प्रयास गरेको छ । यसबारे थाहा भएका पिडीत पक्षका केहि, र बैंक छोडेका केहिलाई समेत बैंकले पैसा खुवाईरहेको छ । बैंकले नक्कली लालपूर्जा बनाएर एक सय सात कठ्ठा जग्गा विक्री गरिदिएपछी ऋणीको उठीबास लागेको खबर सार्वजनिक भएपछी । बैंकका तत्कालीन सीइओ, तत्कालीन सञ्चालक इक्षाराज तामाङ, र कर्जा साखामा कार्यरत गोविन्द गुरुङ र प्रसिद्द अर्याल मिलेर ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएका थिए ।

भएको यस्तो थियो :
हुन त सिभिल बैंकमा यसअघि पनि थुप्रै किर्ते काण्डहरु भइसकेको स्रोतको दावी छ । ‘बैंकमा खराब कर्जाका नामामा जानी जानी किर्ते काम गर्न सञ्चालक र सीइओ नै मिल्ने गरेको कुरा नौलो होइन । यो घटना भने अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि धेरैलाई यस्तो कुरा थाहा भएको हो । स्रोतका अनुसार, ‘तत्कालीन समयमा नेकोन एयरका सञ्चालक समेत रहेका मृगेन्द्रराज जोशीले चितवनमा रहेको एक सय सात कठ्ठा धितो राखेर बैंकबाट ऋण लिएका थिए ।

तर पछी उनले उक्त कर्जा तिर्न नसकेपछि उनलाई बैंककै आग्रहमा ऋण नतिरेको भन्दै सुचना केन्द्रले कालोसूचीमा राख्यो ।’ स्रोत अगाडी भन्छ, ‘बीचमा सिभिल बैंककै पूर्णचन्द्र प्रधान नामथारका एक ऋणी र एक गुन्डालाई प्रयोग गरेर जोशीका नाममा रहेको ऋण प्रशानका नाममा स्थानातरण गरेर पैसा लिने काम भएको थियो । जोशीलाई कालो सूचीमा परेको आधारमा थप ऋण दिन नमिल्नेभएपछी ऋण तथा धीतो प्रधानका नाममा हस्तान्तरण भएको थियो ।  त्यहि घटनाले अहिलेको परिस्थिति जन्मायो ।’

सीइओले खाए लाखौँ रुपैयाँ घुस, जनताको करोडौं रुपैयाँ यसरी डुब्दै 
यसो त यस्तो किर्ते काम गर्न सिभिल बैंकका सीइओ माहिर रहेको स्रोतको भनाइ छ । ‘घुस खाएर नक्कली काम गर्न सिभिलका सीइओ निकै माहिर छन् । यो घन्टामा पनि यस्तो नक्कली काम गर्न गर्नका लागि सीइओले समेत लाखौँ रुपैयाँ घुस खाएको सिभिलकै कर्मचारीहरु बताउँछन् ।’ स्रोत अगाडी भन्छ, ‘सीइओका अलावा बैंकका सञ्चालकले समेत यो काम गर्न लाखौँ रुपैयाँ खाएका थिए । अहिले जो व्यक्तिका नाममा ऋण तथा धीतो हस्तान्तरण गरिएको थियो, उनले समेत अझैसमेत ऋण तिरेका छैनन् भने जोशीको डेढ बर्ष अघि मृत्यु भइसकेको छ ।’

सीइओदेखि सञ्चालकसम्म लुटधन्दामा, सिभिलकै संरक्षणमा प्रधान, जनताको करोडौं पैसा डुब्दै  !
‘सबै मिलेर लुट्ने काम भइरहेको छ बैंकमा । सीइओदेखि सञ्चालकसम्म सबै लुट धन्दामा लागेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘प्रधान सिभिल बैंककै सम्रक्षणमा रहेका जग्गा व्यवसायी हुन् । प्रधानले जोशीकै नाममा रहेको सिभिल बैंकको कर्जा सकार गरेर चितवनको जग्गा खरिद समेत गरेका थिए । सिभिल बैंकबाट करोडौं कर्जा लिएर काठमाडौँमा विभिन्न हाउजीङमा समेत लगानी गरेका प्रधानले जोशीसँग किनेको जग्गाको समेत पैसा अझै दिएका छैनन् ।

अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य जानकारी अनुसार यसरी ऋण लिने तर नतिर्ने प्रधानलाई सिभिल बैंककै संरक्षण छ । उनलाई बैंककै ठुलो पदमा रहेकाले कमाई खाने भाँडो एकातर्फ बनाइरहेका छन् भने अर्कोतर्फ ब्याज र सावाँ नतिर्ने तर ऋण लिन नछाड्नेलाई संरक्षण गर्दा जनताको करोडौं लगानी समेत डुब्ने निश्चित छ । खराब कर्जाका नाममा जानी जानी गरिने यस्ता कार्यले बैंकको स्थिति पनि खराब भइरहेको छ । बैंकले अरु ऋणीले लिएको खराब कर्जा उठाउन विभिन्न काम गरिरहेको भएपनि उनलाई भने नछुने भन्दै आन्तरिक निर्णय गरिसकेको छ ।  


बोल्न चाहेन सिभिल बैंक :
यसबारे बुझ्न हामीले बिहिबार विहान ११ बजे सिभिल बैंक लिमिटेडमा फोन गरेका थियौं । हामीले लगातार ३ पटक फोन गर्दा पनि बैंकको फोन उठेन । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार सिभिल बैंकको नक्कली लालपूर्जा काण्ड बारेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अर्थ सरोकार डटकमका सम्पादकको फोन नउठाउन बैंकमा उर्दी जारी गरिएको छ ।


यो पनि पढ्नुहोस् :
EXCLUSIVE : सिभिल बैंकमा नक्कली लालपूर्जा बनाउने यस्तो किर्तेधन्दा ! सीइओले खाए लाखौँ रुपैयाँ घुस, ऋणीको उठीबास !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: