×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको फेरि २०% हकप्रद सेयर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिभिल बैंकको फेरि २०% हकप्रद सेयर

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सिभिल बैंकले २०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्सलाई एक्वायर गरेपछि कायम हुने चुक्ता पुँजीमा २०% हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सिभिलले हामा र युनिकललाई एक्वायर गर्ने निर्णय गरिसकेको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गर्न भने बाँकी छ । सिभिलले यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई पनि गाभेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिभिलको चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ छ । यो बैंकको रिजर्भ कोषमा एक अर्ब ४२ करोड ८० लाख ८३ हजार रुपैयाँ छ । बैंकले १६ करोड ७३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिभिलको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: