
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – सरमुकाम सँदगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुर स्थित निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली संघ एनआरएन यूएई का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गर्नुभएको हो ।
संघका उपाध्यक्ष थनेत आफै युइएबाट कम्प्यूटर बोकेर विद्यालय पुगेका थिए । उनलाई अभिभावक, विद्यार्थी एवम् स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।पदमपुर कै जेठो विद्यालय भएपनि आर्थिक अभावका कारण शैक्षिक व्यवस्थापनमा समस्या भएको फेसबुक मार्फत जानकारी पाएपछि प्राविधिक शिक्षामा सहयोग गर्ने उद्देश्यले उहा कम्प्यूटर बोकेर विद्यालय पुग्नुभएको हो । विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका पत्रकार सन्तकुमार चौधरीले फेसबुकमा विद्यालय जोगाउँ अभियान संचालनमा सहभागी हुन आग्रह गरेपछि सबैको ध्यान पदमपुर तर्फ केन्द्रीत भएको हो ।
कम्प्यूटर हस्तान्तरणका लागि विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन यूएइका उपाध्यक्ष थनेतले शैक्षिक क्षेत्रको विकासका लागि आफु र आफ्नो संगठन सधै सकारात्मक भएर लाग्ने गरेको बताउनुभयो । प्राविधिक शिक्षाको विकासका लागि आफु ले प्रदान गरेको कम्प्यूटरले ठूलो अर्थ राख्ने उहाँ को भनाई थियो । कम्प्यूटर सँगै भोलीका दिनमा अन्य थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका पत्रकार सन्तकुमार चौधरीले स साना बालबालिकाहरुको ठूला ठुला भविष्य निर्धारण गर्न यो सहयोगले महत्पूर्ण अर्थ राख्ने बताउनुभयो । उहाले सदरमुकाम सँगै जोडिएको विद्यालय भएपनि सरकारी तथा गैरसरकारी निकायबाट सधै ओझेलमा पर्ने गरेका कारण विद्यालयको विकास सोचेजस्तो हुन नसकेकोमा गुनासो गर्नुभयो । आर्थिक अभावका कारण विद्यालय संरक्षणमा समस्या थपिदै गएको भन्दै उहाँले विद्यालयको शैक्षिक विकास प्रति चिन्ता व्यक्त गर्नुभयो ।
विद्यालयले डाक्टर, इन्जीनियर लगायत ठूला ठूला तहमा पुग्ने व्यक्तिलाई उत्पादन गरेपनि विद्यालयको अवस्था खस्कीदै गएकोमा दुख व्यक्त गर्नुभयो । कार्यक्रममा पदमपुर गाविसका पूर्व अध्यक्ष जयचन्द्र प्रसाद चौधरी
ले एनआरएन यूएइका उपाध्यक्ष थनेतले दिएको कम्प्यूटरबाट निजी विद्यालयको पहुँच सम्म पुग्न नसकेको गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि वरदान सावित हुने बताउनुभयो । उहाँले कम्प्यूटरलाई पूर्ण रुपमा शैक्षिक ज्ञान बाड्ने माध्यमको रुपमा प्रयोग गर्न सुझाव दिए ।
कार्यक्रममा नेकपा एमाले कालिका नगरपालिकाका नगर प्रमुख भीष्म खनाल, राप्रपा नगरप्रमुख घनश्याम गिरी, राप्रपाकै हेमवहादुर नेपाल लगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शीला शिरिसको अध्यक्षतामा आयोजना गरिएको थियो । २ सय ७५ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुने गरेको छ । यो विद्यालय पदमपुरकै सबैभन्दा जेठो विद्यालय हो ।
जेठो विद्यालय भएपनि आर्थिक अभावका कारण अहिले सम्म आफ्नो क्षेत्रलाई कम्पाउण्डीङ गर्न सकेको छैन् । विद्यालयको कम्पाउण्डीङ नहुँदा विद्यार्थीहरु जतावाट मन लागे त्यतैबाट प्रवेश गर्ने, बाहिर निस्कीने गरेका छन् । खानेपानीको अवस्था पनि पीडा दायि छ । ६ महिना सम्म विद्यार्थी तथा शिक्षकले पानी पिउन पाउँछन् बाँकी ६ महिना सम्म पिउने पानीका लागि निकै सास्ती भोग्नुपर्छ । खोलाको पानी सुक्दै जान थाले पछि भएको कलधारा पनि सुक्ने समस्या छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्