
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नै नेतृत्व बिरुद्ध खरो विरोधमा उत्रिएका छन् । स्वास्थ्य मन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने निश्चित भएपछि यस्तो परिस्थिति निम्तिएको हो ।
काँग्रेसका नेता तथा कार्यकर्ताले थापालाई मन्त्रीबाट हटाए कांग्रेस पार्टी छाड्ने चेतावनी मात्र दिएनन् पार्टी सभापति शेर बहादुर देउवालाई जहाँ भेट्यो त्यही कुट्ने धम्कीसम्म दिएका छन् । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा देउवाकाे घाेर विराेध भइरहेकाे छ । केहीले त थापालाई रबीन्द्र मिश्रको साझा पार्टीमा लाग्न समेत सुझाव दिन भ्याइसकेका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले काँग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रालय र माओवादीका तर्फबाट अन्य एक मन्त्रालय खाली गरी सुम्पिने समझदारी गरेका छन् ।
यो समझदारी प्रचण्ड, देउवा र गच्छदारबीच भइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मधेसी मोर्चाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको अवस्थामा सरकारमा फोरम लोकतान्त्रिकलाई पनि सहभागी गराउन प्रचण्ड र देउवा सक्रिय छन् ।
हेर्नुहोस् कसले के – के भने ?




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्