
- प्रनिश थापा/अर्थ सरोकार डटकम
काठमाण्डौ – चितवनको सौराहामा गुण्डागर्दी गरेको आरोपमा चितवन प्रहरीले ना .२ .च ८३०९ नम्बरको गाडी सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका १ बस्ने बर्ष ३४ का निकेश भण्डारी, सोही ठाउँ बस्ने अर्का बर्ष ३० का सुमन डल्लाकोटी , खैरहनी ९ बस्ने ३४ बर्षका सिताराम डल्लाकोटी तथा सुरक्षागार्ड भरतपुर ११ बस्ने ३७ बर्षका दशरथ श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।
उनीहरु माथि मंगलबार राति सौराहाको पहिलो डान्सबाट ‘लायन्स डेन’ मा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो । सोही क्रममा सुरक्षागार्ड (बाउन्सर)लाई समेत झगडामा संलग्न भएपछि उसलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । डान्सबारमा झगडा गरेर भाग्ने क्रममा प्रहरी चौकी बछौंलीका प्रहरी नायव निरिक्षक दुर्गाबहादुर कुँवरको नेतृत्वको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख थापाले जानकारी दिए । पक्राउ परेका सबैलाई गुण्डागर्दी ऐन अन्तरगत अनुसन्धान थालिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्