
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाली कांग्रेसका महानायक गिरिजाप्रसाद कोइरालाको ७औ स्मृति दिवसको अवसरमा विचारप्रधान मासिक कांग्रेस द्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अवको चुनावमा काँग्रेसलाई पहिलो पार्टी नबनाए प्रजातन्त्र नै संकटमा पर्ने बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित उक्त कार्यक्रममा सभापति देउवाले आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने बाध्यता रहेकोले सबै दलहरु चुनावको तयारीमा लाग्न पनि आग्रह गरेका छन् ।
प्रजातन्त्रलाई रक्षा गर्न र स्वर्गीय गिरिजाबाबुको सपनालाई साकार पार्नको लागिपनि अबको निर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताए । सभापति देउवाले अब पनि चुनाव हुँदैन भनेर मनमा आशंका नलिदा पनि हुने स्पस्ट पारे । उनले भने,‘चुनावको लागि सबै पार्टी एक भएर जुट्नुपर्छ र तोकिएकै मितिभित्र चुनाव गर्नुपर्छ, यसको लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’ उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई चुनावमा होमिन र अबको चुनावमा पार्टीलाई पहिलो बनाउन अपिल गरे ।
गिरिजाबाबुको सपना पूरा गर्न काँग्रेसलाई पहिलो पार्टी तयारी गर्नुपर्छ : धिताल
नेपाली कांग्रेसक युवा नेता विष्णु धितालले पनि स्वगीय गिरिजाबाबुको योगदानलाई कसैलेपनि भुल्न नहुने बताए। गिरिजाबाबुले देखाएको बाटोमा पार्टीका सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने धारणा राखे। धितालले अब हुने तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
उनले मुलुकमा संविधान जारी भैसकेकोले अब यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक समृद्धिका दिशामा डोर्याउनुपर्ने बताए । उनले भने,‘अब मुलुकको आर्थिक विकासको लागि हामी सबैले ध्यान दिनुपर्छ ।’ अब पनि आर्थिक समृद्धिको लागि ढिला गर्न नहुने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्