
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राप्रपाबाट विद्रोह गरेको डा. प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार बिरोधी पार्टी निर्माण गर्ने उद्घोष गरेका छन् । आइतबार पार्टी अध्यक्ष कमल थापासँग असहमति राख्दै विद्रोह गरेका थापाले अबको केही दिनमा नयाँ पार्टी निर्माण गर्ने बताए । म अर्को पार्टीमा जाने या राप्रपामा फर्किने कुरा अब असम्भव हो, लोहनीले भने भ्रष्टाचार र राजनीतिक नियुक्ति विरोधी पार्टी निर्माण गर्नु यो मेरो राष्टप्रतिको दायित्व हो ।
२५ बर्ष राप्रपामा बिताएका लोहनी पूर्व परराष्टमन्त्री पनि हुन् । उनले राजनीतिबाट बाहिर रहेका बुद्धिजिवी, नागरिक समाज, र भ्रष्टाचार विरोधलाई समेटेर नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन् । नेपालमा रहेका पार्टी भन्दा फरक बनाउने उनले बताए । म सत्ताका लागि राजनीति गर्ने पार्टी निर्माण गर्दिन, उनले भने समाज निर्माण गर्ने पार्टी बनाउछु ।
राप्रपा अध्यक्ष कमल थापाले पार्टीलाई प्राइभेट कम्पनीका रुपमा प्रयोग गरेको उनले आरोप लगाएका छन् । पार्टी भित्र छलफल नै नगरी सरकारमा गएको, पार्टी पदाधिकारीको नियुक्तिमा आफुखुसी गरेको जस्ता आरोप लगाएका छन् । राप्रपा निर्माणमा आफुले महत्वपूर्ण योगदान गरेको भन्दै लोहनीले तल्लो स्तरमा आफुलाई निकै कार्यकर्ताले रुचाउने दावी समेत गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्