×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशको समृद्धि मात्र एमालेबाट सम्भव छ’ (दुर्गा प्रसाद काफ्लेको विश्लेषण)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘देशको समृद्धि मात्र एमालेबाट सम्भव छ’ (दुर्गा प्रसाद काफ्लेको विश्लेषण)

१८ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • दुर्गा प्रसाद काफ्ले
नेतामात्रै जन्मिएको देश हाम्रो । विडम्बना नेताको भने सधै खडेरीनै लागिरहन्छ । नेता जन्मिए तर नेतृत्व जन्मिएन । लड्ने र लडाउने जन्मिए तर जोगाउने र बचाउने जन्मिएनन् । भौतिक संरचना ध्वस्त पार्ने जन्मिए तर निर्माण गर्ने जन्मिएनन् । ठेकेदार, दलाल, तस्कर, भष्टाचारी, देशद्रोही धेरै जन्मिए तर सच्चा नेता जन्मिएनन् । देश फुटाउँछु, टुक्राउँछु भन्ने जन्मिए तर खण्ड राख्छु, देश जोगाउँछु भन्ने जन्मिएनन् । देश र जनताले धेरै कालखण्ड पारे गरे । धेरै युद्ध लडे तर प्राप्ति केही भएन । मात्र हजारौले ज्यान गुमाए । जसले युद्ध सुरु गरे तिनीहरुनै विचल्लित भए । युद्धलाई बाटोमै छोडिदिए । अनाहाकमा हजारौ दुखी, पिडित एवं शोसित जनताहरुले ज्यान गुमाउनपर्यो ।
हाम्रो देशमा हल्ला मात्र गर्ने नेता छन् तर काम केही गर्दैनन् । हल्ला गर्यो, आफ्नै जोहो गर्यो । तर नेपाली जनताको दिनचर्यामा भने केही परिवर्तन आएन । आजपनि नेपाली हामीलाई उस्तै दुख, उस्तै कष्ट । किसानले किन्न खोज्दापनि मल, वीउ पाउँदैन । लोडसेडिङले जनता आक्रान्त हुन्छन् । बाटो, घाटोको समस्या । दाल, चिनी, चामल, तेलको समस्या । सरकारी अफिस अडडामा समस्या त्यस्तै । जतापनि समस्यै समस्या छन् । समस्या बनाउने धेरै छन् । तर सामाधान निकाल्ने कोही छैनन । नेपालमा निर्दल, बहुदल, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र धेरै तन्त्रहरु आए र गए । तर नेपाली जनतामाथी पढेर पनि जानेर पनि रोजगारीका लागि खाडी मुलुक लगायतका देशमा भाँडा माझन् र सरसफाइ गर्न जानु परेको छ ।
नेपाली जनतामा कुनै परिपक्कता नहुँदा, ‘मिसन’ र ‘भिजन’ नहुँदा देश खाल्डोमा फसिरहेको छ । अव नेपाली जनताले मात्र देशलाई निकास दिन सक्छन् । त्यसका लागि हामी सम्र्पुण नेपाली जनता एकजुट भएर अबको चुनावमा विकास र निकास दिने पार्टी छान्नुको कुनै विकल्प छैन ।
तसर्थ अवको निकास भनेको देश, जनता र अर्थतन्त्रको विकास हो । देशको सार्वभौमिकतालाई रक्षा गर्दै सरकारलाई बलियो बनाउने, विदेशी पानी भत्ता हटाउने, कृषि, बन, उद्योग, बाटोघाटो, रेल मार्ग, विद्युत लगायतको विकासको मुद्धा लिएर चुनावको बाटोमा आउने पार्टीलाईमात्र रोज्नु पर्दछ ।
नेपालमा अब नेकपा एमालेको र एमाले अध्यक्ष केपी ओलीको विकल्प छैन । किनभने देशलाई दह्रो, दिगो र बलियो बनाउने, देश विकास गर्ने उनमा जति इच्छाशक्ति छ अरुमा त्यो देखिएन । त्यसकारण केपि शर्मा ओलीको विकल्प छैन । केपीशर्मा ओली हुँदा १८८१ मा पुगेको पूँजीबजार आज १२ सय नजिकै छ । यहाँ केपी ओलीले प्रधानमन्त्री पदबाट हात धोएपछि लगानी गर्नेले झण्डै ७ खर्ब रुपैयाँ गुमाएका छन । सरकार कमजोर हूँदा लगानीकर्ताको मनोवल पनि कमजोर हुन्छ । कमजोर प्रधानमन्त्री हुँदा देश नै कमजोर हुन्छ ।
नेपाली पूँजीबजार, अर्थतन्त्र, बैकिङ क्षेत्र, उद्योग ब्यापार, विधार्थी आदिले अहिले दह्रो प्रधानमन्त्री र सरकार खोजेका छन । तसर्थ पनि अवको चुनावमा एमालेको विकल्प छैन । देशको सम्बृद्धि केपी ओलीबाट मात्र हुन्छ । सबै नेपाली जनताले देशलाई जोगाउन, अखण्ड र मजबुत बनाउन अवको निकास भनेको एमालेको विजय हो ।

 (प्रस्तुत विचार लेखकका नीजि हुन् )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: