×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय परिक्षा बोर्डको निर्णय : कक्षा ११ को परिक्षा असारमा, १२ को पूरानै तालिकाअनुसार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय परिक्षा बोर्डको निर्णय : कक्षा ११ को परिक्षा असारमा, १२ को पूरानै तालिकाअनुसार

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं-  राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन मिति असारमा सारेको छ । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । अर्यालका अनुसार कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ । कक्षा १२ को आउँदै वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ ।
उनका अनुसार बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने छ। बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ तीनगतेसम्म लिनेगरी निकालेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: