Skip to content
LAXMI SUNRISE BANK

गाडी जलाउने दुई जना पक्राउ

अर्थ सरोकार

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय चितवनले गाडी आगजनी र तोडफोडमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले दिनुभएको जानकारी अनुसार शनिबार भरतपुर–१३ रामबाग स्थित तरकारी मन्डी एरियामा पार्किङ गरि राखेको यूपी ५३ डीटी ००३० नम्बरको भारतीय ट्रकमा आगजनी र तोडफोड गरेको भरतपुर–४ बस्ने वर्ष ४० को कृष्ण बराल र सोही ठाउँ वस्ने वर्ष ३१ को ध्रुवप्रसाद वास्ताकोटीलाई नियन्त्रणमा लिएको जनाएको हो । आगजनीमा संलग्न सबैलाई आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर कार्वाही गरिने प्रहरी प्रमुख थापाले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK