
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एउटै आवेदन नम्बरबात धेरै फारमहरु संकलन गरि लगानीकर्ताको आखाको आखामा छारो हाल्न खोजेको र आफ्नो गल्तिलाई छोप्न खोजेको भन्दै साना लगानीकर्ता धितो पत्र बोर्ड पुगेको छन् । साना लागनीकर्तालाई अन्याय गर्ने उद्देश्यले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका क्रममा अनियमितता भएको भन्दै छानबिनका लागि धितोपत्र बोर्डमा उजुरी परेको हो ।
साना लगानीकर्ताहरुले उजुरीमार्फत आफुहरु अन्यायमा परेको र आफुहरुलाई न्याय दिलाउन उजुरीमार्फत बोर्डसमक्ष आग्रह समेत उरेका छन् ।
कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एकजनालाई परेको सेयर आफूूले पनि पाउनुपर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
निवेदनबाट माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कसरी एउटै आवेदन नम्बर राखेर एकभन्दा बढी आवेदन फारम लगानीकर्तालाई बितरण गर्यो, अनि किन एक जनालाई मात्र सेयर बितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागि आग्रह समेत गरिएको सञ्जय भण्डारीले बताए ।
नबिल इन्भेष्टमेण्ट बैंकिङले आवेदन नम्बरमा आधारित नतिजा लुकाएर हितग्राही खाताका आधारमा मात्र नतिजा हेर्ने व्यवस्था मिलाएबाट सेयर बाँडफाँडमा गम्भीर त्रुटि भएको दाबी समेत उजुरीमा गरिएको छ ।
पीडितले धितोपत्र बोर्ड तथा नबिल इन्भेष्टमेण्टमा दिएको निवेदन यस्तो छ :
श्री अध्यक्ष ज्यू
नेपाल धितोपत्र बोर्ड
जावलाखेल, ललितपुर
विषय :- सेयर बाँडफाँडमा भएको अनियमितताको छानबिन गरी पाउँ ।
महोदय,
उपरोक्त सम्बन्धमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर बाँडफाँडमा केही गम्भिर किसिमका त्रुटि र अनियमितता भएको र त्यसबाट हामी निवेदक समेत पीडित भएकाले बोर्डबाट छानबिन भई न्याय पाउन यो निवेदन पेश गरेका छौं ।
हामी लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले क्रमशः १५०५७, १५०५८ र १५०५९ नम्बरको आवेदन फारमबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर आवेदन गरेकोमा बाँडफाँड पछि नबिल इन्भेष्टले प्रकाशन गरेको अन्तिम नतिजामा उल्लेखित आवेदन नम्बरहरुमा क्रमशः राजन श्रेष्ठ, गौरी शंकर श्रेष्ठ र रुपक धनवन्तरीलाई सेयर बाँडफाँड गरिएको उल्लेख छ । यसले एउटै आवेदन नम्बरबाट दुई वा सो भन्दा बढी आवेदन संकलन गरी एक मात्र आवेदकलाई सेयर बितरण गरिँदा सो आवेदन नम्बरबाट आवेदन गरेका हामीहरु मर्कामा परेका छौं । हामीले हामीलाई परेको समस्याका सम्बन्धमा विभिन्न समाचार माध्यममा गुनासो राखे पछि समाचार प्रकाशित भएको केही बेरमा नै नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा राखेको आवेदन नम्बरबाट हेर्न सकिने सेयर नतिजा हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकिने फाइल राखेको व्यहोरा पनि अनुृरोध छ । यसले पनि फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा व्यापक अनियमितता गरेको प्रमाणित भएको हाम्रो बुझाई छ । सेयर बाँडफाँडको नतिजाको तथ्यांक तथा विबरण किन एकाएक परिवर्तन गरियो भन्ने सम्बन्धमा पनि बोर्डले उचित छानबिन गरी सेयर बाँडफाँडमा भएका अनियमितता सार्वजनिक गरी हामी जस्ता साना लगानीकर्तालाई न्याय दिलाउने अपेक्षा हामीले गरेका छौं ।
साथै के कति कारणले आवेदन नम्बर र नाम फरक परेको हो, एउटै नम्बरका दुई वा दुईभन्दा बढी आवेदन फारमहरु के कसरी बितरण भए, त्यसमा दोषीहरु को को हुन् रु भन्ने कुरा छानबिन गरी आम लगानीकर्ताहरुलाई यथार्थ जानकारी गराउनु पर्नेमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्मेष्ट र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स दुवै गैर जिम्मेवार देखिएको व्यहोरा पनि अनुरोध गर्दछौं । हामीले नक्कली सेयर आवेदन फारमबाट सेयर आवेदन गरेका हैनौं । यति हुँदा हुँदै हामीलाई उपलब्ध गराइएको अर्धकट्टीमा उल्लेखित आवेदन नम्बरमा अरु व्यक्तिलाई सेयर प्रदान गरिँदा सम्पुर्ण सेयर बाँडफाँड प्रकृया नै अस्वस्थ र संकास्पद भएको हाम्रो बुझाई छ । हामी जस्तै आफ्नो आवेदन नम्बरमा अरुले सेयर पाएका धेरै लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा आवाज उठान गर्नुले पनि यसलाई पुष्टि गर्छ । तसर्थ यस सम्मानित धितोपत्र बोर्डमा न्यायको माग गर्दै सेयर बाँडफाँड प्रकृयामा भएको नियमितताको छानबानि गरी हामीजस्ता बजारका नवप्रवेशी लगानीकर्तालाई न्याय दिलाई दिनु हुन प्रमाणहरु संलग्न गरी निवेदन गरेका छौं ।
तपसिल :-
१ सेयर आवेदन गर्दा हामीलाई उपलब्ध गराइएको अर्धकट्टी
२ विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका प्रतिलिपी
३ नबिल इन्भेष्टमेण्ट बैंकिंगको वेबसाइटमा राखिएको नतिजामा हाम्रो आवेदन नम्बरमा अरुलाई सेयर पारिएको सेयर विबरण
निवेदक :-
लक्ष्मी भट्टराई सेयर आवेदन नम्बर १५०५७
सञ्जय भण्डारी सेयर आवेदन नम्बर १५०५८
यसोदा न्यौपाने सेयर आवेदन नम्बर १५०५९
बोधार्थ
नबिल इन्भेष्टमेण्ट बैंकिंग लि. नक्साल, काठमाण्डौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्