×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बसुन्धाराको एउटा क्याफे जसले तपाईंको जन्मदिन सित्तैमा मनाइदिन्छ, जति साथी-भाइ बोलाए पनि हुने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा केहि साथीहरुमात्र जम्मा गरेर जन्मदिन मनाउन पनि राम्रै खर्च लाग्छ । यहि खर्चिलो हुने भएकाले पनि कतिपयले आफ्नो जन्मदिन मनाउने गरेका छैनन् । तर अव ढुक्क भए हुन्छ, किनकि काठमाडौँको बसुन्धाराको एउटा क्याफेले तपाईंको जन्मदिन सित्तैमा मनाइदिन्छ । तपाईंको जन्मदिनको बेला तपाईंले जति मान्छे  बोलाएपनि हुन्छ । जन्मदिनका मनाउन आउने पाहुना सबैलाई क्याफेले स्न्याक्स र सफ्ट ड्रिंक्स पनि खुवाउँछ । केकको जिम्मापनि क्याफेकै हुन्छ । अझ रमाइलो कुरा त के हो भने उक्त क्याफेमा खरायोका आइटमहरु पनि चाख्न पाइन्छ । 
तर, यस्तो छ नियम 
जन्मदिन मनाउनेलाई कुनै नियम छैन । तर जन्मदिनको लागि उपहार ल्याउनेलाई भने नियम छ । उपहार ल्याउनेले अरु उपहार होइन, क्याफे नजिकै रहेको नर्सरीबाट एउटा बिरुवा उपहार ल्याउनुपर्छ । त्यो बिरुवाको ६०० रुपैयाँ पर्छ । त्यो बिरुवा ल्याएर जन्मदिन भएका व्यक्तिलाई उपहार दिने हो । त्यसरी संकलन भएका बिरुवाहरु जसको जन्मदिन हो, उसले उक्त क्याफेका संचालकलाई हस्तान्तरण गर्छन् । त्यसपछि उक्त बिरुवा उपहार दिने र लिनेको नाममा कुनै  बनमा रोपिन्छ । 
यस्तो छ ग्रीन बर्थडेको अवधारणा 
‘जन्मदिन मनाउनेले जन्मदिन मनाउन पनि पायो, त्यो पनि विना खर्चमा । उपहार ल्याउनेलाई पनि धेरै पैसा खर्च गर्नु परेन । ६०० रुपैयाँ भए पुग्यो । अरु गिफ्ट किन्ने हो भने १०००-१२०० त सामान्य गिफ्टको पनि पर्छ । कसले कस्तो गिफ्ट ल्यायो भन्ने कुरा पनि हुँदैन । त्यसपछि हाम्रो क्याफेको विज्ञापन पनि हुने, बन पनि बन्ने । वातावरणमा पनि योगदान ।’ यसखाले अवधारणा ल्याउने राम पटेलले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार यसअघि पनि थुप्रैको जन्मदिन त्यसरी मनाइसकिएको छ । मोडल कसिश दाहालको जन्मदिन मनाएर सुरु गरिएको यो कार्यक्रममा आज २५ गते गायक यम बरालपनि सरिक हुँदैछन् ।

उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम अर्थ सरोकारको एक भागमा  यसबारे चर्चा परिचर्चा गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् ।           
         

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: