- अर्थ सरोकार सम्बाददाता
सातको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५३ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ७ सयले बढेर प्रति तोला ५३ हजार ९ सयमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार २ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।