- अर्थ सरोकार सम्बाददाता
सातको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५३ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।