सातको छैठौ तथा अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ।