साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ।