- अर्थ सरोकार संम्वादादता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ । त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ८०५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६९० रुपैयाँ कायम गरेको छ ।