- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको पहिलो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । शुक्रबार प्रति तोला ५४ हजामा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।