- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।