
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – गत माघ २० गते राती नारायणगढस्थित आधुनिक सुनचाँदी पसलबाट भएको ठूलो परिमाणको चोरी प्रकरणमा नेपाल बाट खटिएको प्रहरीको बिशेष टोलीले भारतबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले दिएको जानकारी अनुसार “सीमा पारी भारतीय प्रहरीको समन्वयमा नेपाली प्रहरीले करिब सातपटक छापा हान्दा भारतको मोतिहारीको मजिडवा गाउँको एक घरमा घैंटोभित्र लुकाई राखेको अवस्थामा साढे आठ केजी चाँदीका गहना र “करिब ५ तोला सुन फेला पारेको जानकारी दिए ।
सो, सुन “विवाह कार्यक्रममा प्रयोग भएको अनुसन्धानले देखाएको छ । प्रहरी उपरीक्षक थापाले भने, ” साथै, हामीले सो, क्षेत्रमा आधुनिक सुनचाँदी पसलका ससाना ट्याग तथा झोला समेत फेला पारेका छौँ । “फेला परेको सुन र चाँदी सम्बन्धि पसलका सञ्चालकलाई कार्यालयमा उपस्थिति गराएर सनाखत गरेका छौँ । उनले भने, चोरीमा संलग्न अभियुक्त भारतीय प्रहरीका ‘मोष्ट वान्टेड’ (सर्वाधिक खोजी) को सूचीमा रहेका व्यक्ति रहेछन् ।
एनसेल र एनटिसी नेटवर्कको बीटीएस अध्ययन गरी फोन सम्पर्क भएको आधारमा प्रहरीले अनुसन्धान सूक्ष्म बनाउँदै लैजादा जादा ८ जनाको पहिचान भएको र ती मध्य ३ जना नेपाली रहेका छन् । अन्य चोरीमा संलग्न रहेका मध्य तीन जना भारतीय नागरिक पक्राउ परेका छन् भने, २ जना अझैसम्म फरार रहेका छन् । फरार को खोजी कार्यलाई तीव्रता दिन सो क्षेत्रमा अझै सादा पोशाक (सिविल) को प्रहरीको टोली खटाएका छौँ भने, “सुपुर्दगी ऐन आकर्षित हुँदा पक्राउ परेकालाई नेपाल ल्याउन कठिन भएको त्यस्को लागी आफु ले पहल गरिरहेको र प्रविधि प्रयोग गरेर चोरीमा संलग्नलाई फेला पारे पनि केही अझै फरार रहेको र अहिल्य नै नाम सार्वजनिक गर्न भने नमिल्ने तर, दुई/तीन दिनमा चोरीमा संलग्न व्यक्ति र बरामद भएकालाइ सार्वजनिक भने गर्न सकिने प्रहरी उपरीक्षक थापाले प्रतिबद्धता व्यक्त गरे ।
प्रहरीले परिचालन गरेको विशेष अनुसन्धान समूह ९डिट टिम०का प्रहरी निरीक्षक जयनारायण यादव भारत मोतिहारी अनुसन्धानका लागि आफैं पटकपटक पुगेका थिए । प्रहरी उपरीक्षक थापाले “पसल सञ्चालकले भने अनुसार करिब मिल्दो परिमाणमा चाँदी भेटियो । ”पसल सञ्चालकले साढे ४ केजी सुन, १० केजी चाँदी र नगद सात लाख रुपैयाँ चोरी भएको दावी गर्दै आएको पसल सञ्चालकले अहिले आएर पन्ध्र केजी सुन र ३०५ तोला चादी हराएको दाबी चितवन प्रहरीलाई गराएका थिए । पटक पटक अपुष्ट खबर आउन थालेपछि अनुसन्धान गर्न असहज भएको थापाले बताए
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्