- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – सुनको भाउ सात सय रुपैयाँ तोलाले महँगिएको छ। मंगलाबार दुई सय रुपैयाँले झरेको सुनकोफ भाउ भोलीपल्टै बुधबार सात सय रुपैयाँले बढेर ५४ हजार ९०० रुपैयाँ पुगेको हो ।
चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ। ७८५ रुपैयाँमा चाँदीको भाउ आएको छ । अमेरिकी डलरको मुल्य पनि झरिरहेको छ । मंगलबार एक अमेरिकी डलरको खरीद मूल्य १०४.३४ रहेकोमा बुधबार १०४.१६ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।