
गुल्मी/माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन महेन्द्र मावि केन्द्रमा १५ मिनेट बाँकी रहँदै निरीक्षकले कापी खोसेपछि परीक्षार्थी रुँदै बाहिरिएका छन् । केन्द्रकोे कोठा नम्बर १३ मा रहेकी निरीक्षक सरिता श्रीसले जनाउ घन्टीमै कापी खोसेकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
सिद्धबाबा माविका १६ र मुसिकोट मावि बडागाउँका १२ गरी २८ विद्यार्थी कोठा नं १३ मा थिए । ‘मैले त एस्से लेख्नै बाँकी थियो,’ सिद्धबाबा माविकी परिक्षार्थी स्नेहा नेपालीले भनिन्, ‘जनाउ घन्टीमै मेडमले समय सकियो भनेर कापी खोस्नुभयो ।’ उनले परीक्षा केन्द्रबाहिर आएर सरहरूलाई जानकारी दिएको समेत बताइन् ।
मुसिकोट मावि वडागाउँका सहायक प्रध्यानाध्यापक ज्ञानेश्वर आचार्यले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने निरीक्षकलाई कारबाही गर्न माग गरे । ‘जनाउ घन्टीमै एक्कासि विद्यार्थी कोठाबाट निस्किएपछि अचम्म लाग्यो,’ आचार्यले भने, ‘सहयोग समितिमा भएकाले तत्काल एक्सन लिने कुरा भएन, पछि विद्यार्थीलाई सोध्दा बल्ल थाहा भयो ।’ उनले हेलचेक्र्यााइँ गर्ने निरीक्षकलाई हटाउन केन्दाध्यक्ष केशरबहादुर थापालाई आग्रह गरेको बताए ।
जिल्ला शिक्षा कार्यालयले सोही विषयलाई लिएर निरीक्षक र केन्द्राध्यक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलपछि केन्द्राध्यक्ष र निरीक्षक दुवैले नियत नभएर झुक्किएर घटना भएको भन्दै आत्मालोचना गरेको जिशिअ मित्रमणि खनालले बताए । उनले परीक्षा समन्वय समितिको पनि बैठक बोलाएकाले गल्ती गर्नेलाई कुनै न कुनै कारबाही हुने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्