×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवन हात्ती महोत्सवमा ११ लाख नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवन हात्ती महोत्सवमा ११ लाख नाफा

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार  सम्बाददाता 

काठमाण्डौ –  चितवनको सौराहामा बेमौसमका बेला पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको चितवन हात्ती महोत्सवमा ११ लाख २८ हजार रुपैयाँ बचत भएको छ । आज आयोजक क्षेत्रीय होटल संघ चितवनले एक कार्यक्रमको आयोजना गरी महोत्सवको आयव्याय सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
नेपालकै लागि नौलो प्रस्तुति रहेको चितवन हात्ती महोत्सवको आर्थिक समितिका संयोजक शीरलाल परियारले यसबर्षको हात्ती महोत्सवमा कुल ४७ लाख ४२ हजार रुपैयाँको कारोबार भएको र खर्च कटाएर ११ लाख २५ हजार रुपैयाँ बचत भएको जानकारी दिए। बचत रकम पर्यटन क्षेत्रमै खर्च गरिने जनाइएको छ । 
 क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले यो बर्षको बचत रकमले पर्यटन प्रवर्द्धनसँगै पर्यटन पूर्वाधार निर्माण, उज्यालो सौराहा कार्यक्रम तथा संघकै भौतिक निर्माणमा खर्च गरिने जानकारी दिए । नेपाल आएका पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पर्यटक कम हुने मौसम क्रिसमस र अंग्रेजी नयाँ बर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक दीपक भट्टराईको भनाई छ ।
यो बर्ष १३औं संस्करणको रुपमा आयोजना गरिएको महोत्सव अन्तरगत सौराहामै पहिलो पटक अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता समेत आयोजना गरिएको पोलो संयोजक शंकर सैंजुले बताए । महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरु बीच रोमाञ्चक फुटवल, हात्ती श्रृङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना भएको क्षेत्रीय होटल संघका सचिव राममणि खनालले जानकारी दिए । 
महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवर्द्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको महोत्सव संयोजक दीपक भट्टराईले बताए । १२ बर्ष अघि सौराहामा हात्ती दौड प्रतियोगिताको रुपमा आयोजना भएको कार्यक्रम विगत केही बर्षदेखि हात्ती महोत्सवको रुपमा आयोजना हुँदै आएको छ । आगामी महोत्सव जनावरमैत्री बनाउँदै नयाँ कार्यक्रमहरु ल्याउने संघका सदस्य जितु तामाङले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी