×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गोरुबहादुर’ र भालुप्रसाद’हरुको हल्लाबाट बचौं, सोचेरमात्र लगानी गरौँ

PRIME CA
GLOBAL IME BANK

‘गोरुबहादुर’ र भालुप्रसाद’हरुको हल्लाबाट बचौं, सोचेरमात्र लगानी गरौँ

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • हेम राज काफ्ले 
नेपालको पूँजीबजार कुनै स्पष्ट कारण र आधार भन्दापनि हल्ला, कोकोहोलो र हौवाका भरमा हेरफेर हुने गरेको छ । ५००-६०० भित्र रहेको बजार अर्थतन्त्रमा कुनै ठुलै क्रान्ति भएझै गरी एकोहोरो उकालो लागिरह्यो । १८८८को उच्च बिन्दुसम्म पुग्यो । 
बीचमा एकचोटी धितोपत्र बोर्डले पूँजीबजारमा गैर-कानुनी आर्जन लगानी भएको छ/छैन छानविनन गर्नुपर्ने भनेर एउटा बिज्ञप्ति के निकालेको थियो, बजार त्राहिमाम भएर उल्टो सर्किट हान्न थाल्यो । फेरि केहि कथित लगानीकर्ताले ‘बजार जुनसुकै हालतमा बढाउनै पर्ने, नभए आफुले आन्दोलन गर्ने’ भनेर थर्काएपछी धितोपत्र बोर्ड डराएर निर्णय फिर्ता लियो । अनि बजार फेरी उकालो चढ्यो । पछिल्लो समयमा फेरी अर्थतन्त्रमा ठुलै पहिरो गएझैगरि एकोहोरो ‘उत्तानो’ पर्दै गयो र लगभग १२०० कै हाराहारीमा पुग्यो । 
बजार उकालो लागिरहंदा बजार सधै बुलिस ट्रेन्डमै हुन्छ, अब २००० पुग्छ, २५०० पुग्छ, १ बर्समा ५००० पुग्छ भन्ने ‘हरियाली माइला’ हरु जसलाई मैले त ‘गोरुबहादुर’ भन्ने गरेको छु, उनीहरु उफ्रिरहे । ऋण लिएर भएपनि, घरखेत बेचेर भएपनि वा मृगौला बेचेर भएपनि शेयर किन्नुस, २/४ दिनमै करोडपति बनिन्छ भन्दै मच्चिरहे । तर जब सूचक ओरालो लग्न थाले कुनै दुलोमा गएर लुके, थाहा छैन । 
त्यहि मेसोमा कुनै उत्तनोप्रसाद प्रबृत्ति बजारमा हाबी भयो, जसले एकोहोरो बजार घटीनै रहन्छ, घट्नै पर्छ, घट्छ, घट्छ, भन्ने रटान लगायो तर त्यसको स्पस्ट कारण दिन सकेन । संयोग भनौ या सहि अनुमान, या लगानीकर्ताको भेडापन, हुनपनि त्यस्तै भयो । र बजारले सबैलाइ उत्तानो पर्यो । 
अहिले फेरी यस्सो चुनाब के घोषणा भएको थियो, बजारले गति लिएको छ । यहाँ बजारको सूचक बढ्नुलाई गति लिएको भनेको होइन कि कारोबारको आयतन पनि बढ्दै गएको छ । जुनसुकै जिम्मेवार र बिबेकशील लगानीकर्ताको लागि यो खुसीको कुराको हो । 
तर यहिनेर एउटा दुखको कुरो के छ भने यहि मेसोमा ‘गोरुबहादुर’हरुले आफ्नो व्यापार सुरु गर्दै आफुलाई खतरा विश्लेषक घोषणा गर्दै ‘मृगौला बेच्न’ सुझाब दिन सुरु गरिसकेका छन् । बजार हरियो हुन्जेल उनीहरु सामाजिक संजालका फोरमहरुमा हाबी हुने पक्का छ । र तिनै बकम्फुसे विश्लेषकहरुको मारमा नयाँ र साना लगानीकर्ता फस्नेपनि पक्का छ । 
‘गोरुबहादुर’ र ‘भालुप्रसाद’; दुवै प्रबृत्ति बजारका निम्ति हानिकारक छन् । पूँजीबजार लगानीमा हुने प्रतिफल, लगानीको वातावरण र अर्थतन्त्रको सवलताको आधारमा घटबढ हुनु पर्छ नकी कसैले फेसबुकमा चिच्याएकै भरमा । अहिलेपनि बजारमा मच्चिनुपर्ने र थाच्चिनुपरने कुनै कारण छैन । आफ्नो ज्ञान, बिबेक र कम्पनीको अवस्था हेरेर लगानी गरेमा पक्कै सुरक्षित हुन्छ ।
‘गोरुबहादुर’ र भालुप्रसादज्युहरु, बजारलाइ हरियो बनाउने कि रातो, त्यो लगानीकर्ता को विश्वास र लगानीको बाताबरणमा भर पर्ने कुरो हो । एकोहोरो चिच्रयाईरहनुको सट्टा बजार सुध्रिदिकरण र स्थायित्वकरण मा ध्यान दिने हो कि? अनि लगानीकर्ताज्युहरु, अलि जिम्मेवार र विवेकशील बन्ने हो कि?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: