×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत सहमत, प्रतिव्यक्ति ४५ सय भारुमात्रै साटिदिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत सहमत, प्रतिव्यक्ति ४५ सय भारुमात्रै साटिदिने

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत अन्ततः सहमत भएको छ । तर भारतले नेपालीसँग बैधानिक च्यानलमा रहेका ४५ सय भारुसम्म मात्र साट्नेछ । यसअघि २५ हजारसम्म साटिदिन नेपालले प्रस्ताव गरेको थियो । रिजर्भ बैंक अफ इन्डियाकी कार्यकारी निर्देशक दिपाली पन्त जोशी नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका अधिकारीसँग छलफल गरेपछि ४५ सयसम्म भारु साट्ने विषयमा भारतले सहमति जनाएको हो ।
श्रोतका अनुसार राष्ट्र बैंकका अधिकारीले २५ हजारसम्म साटिदिन पुनः आग्रह गरेका थिए । तर भारतीय पक्षले भने ४५ सयभन्दा बढी साट्न नसकिने जवाफ दिएको हो । गत नोभेम्बरमा भारतले त्यहाँको पाँच सय र हजार दरका पुराना नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको नोट सटहीबारे अन्यौलता कायम थियो । आरबीआईकी कार्यकारी निर्देशक पन्तसहितको टोलीले आज नेपालतर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुङ्गानाका साथै अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी