×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षाका कारण करिब पाँच करोड रुपैयाँको इँटा नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वर्षाका कारण करिब पाँच करोड रुपैयाँको इँटा नष्ट

Artha Sarokar

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ  – भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा वर्षाका कारण गल्दा लाखौं रुपैयाँ क्षति भएको सिरहाका इँटा व्यवसायीहरूले गुनासो गरेका छन् । शुक्रबार साँझदेखि आइतबार बिहानसम्म परेको पानीका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका पोल्न तयारी अवस्थामा राखिएका करिब दुई करोड ८० लाख वटा काँचो इँटा गलेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य रहेका गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक विक्रम साहले ५६ वटा भट्टामा पोल्न राखिएका काँचो इँटा गलेको बताए । ‘इँटा तयारीका लागि मजदूरको पारिश्रमिक, माटो, पानी लगायतको मूल्य जोड्दा प्रतिगोटा लागत नै दुई रुपैयाँ पर्न जान्छ’ साहले भने ‘वर्षाका कारण ५ करो८ रुपैयाँ बराबरको क्षति भएको छ ।’  
अहिलेको सिजन इँटा भट्टा व्यवसायीहरूका लागि पिक सिजन हो, गोलबजारस्थित सगुण इँटा उद्योगका सञ्चालक रामसगुन यादवले भने, ‘वर्षात्को पानीले काँचो इँटा गल्दा व्यवसायीहरुले लागत मूल्य त गुमाउनुका साथै त्यसलाई पुनः गलाएर नयाँ बनाउनु पर्दा दोब्बर मर्का पर्ने भएको छ ।’  सिरहाको गोलबजार क्षेत्रमा मात्र पूर्व–पश्चिम सडक दायाँ बायाँ १८ इँटा भट्टा सञ्चालनमा रहेका छन् । जिल्लाका अन्य भागमा ३८ वटा भट्टा रहेको साहले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी