Skip to content

जाजरकोटमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोककार संम्वाददाता 

काठमाण्डौ  – भेरिमालिका–४ मा बिहीबार अपराह्न भएको बस  दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृतकमध्ये २१ जनाको सनाखत भएको छ । ५ जनाको सनाखत हुन बाँकी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जानकारी दिएको छ ।
जाजरकोट–सुर्खेत सडक खण्डअन्तर्गत खलंगाबाट साल्मा–५ खारातर्फ जाँदै गरेको ना ३ ख २२८९ नम्बरको बस पौने पाँच बजे करिब एक सय ५० मिटर तल पासाघाट खोलामा खसेको थियो ।  दुर्घटनामा ३६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते २२ जनाको नेपालगञ्जमा, ८ जनाको रुकुमको चौरजाहीमा र ६ जनाको जाजरकोटमै उपचार भैरहेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्